आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

संसद भवन भित्रै प्रचण्ड र माधव नेपाललाई यसरी लाजमर्दो बनाए मिनेन्द्र रिजालले !


  • सोमबार, फाल्गुन १६ २०७८
11.5K
SHARES

फाइल तस्विर

व्याख्यात्मक घोषणाका नाममा विवादित अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउँन तयार भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई काग्रेस सांसद मिनेन्द्र रिजालले संसद भित्रै लाजमर्दो बनाइदिएका छन् ।

एमसीसी बारे संसदमा भएको सामान्य छलफलमा भाग लिँदै रिजालले व्याख्यात्मक घोषणाले एमसीसीमा कुनै फरक नपर्ने भन्दै यो गबठन्धन दलका नेताहरुको जुँगा जोगाइदिन मात्रै ल्याएको जवाफ दिएका छन् । यसको कुनै औचित्य नरहेको पनि रिजालले प्रष्ट पारेका छन् ।

व्याख्यात्मक घोषणा गराउँन सक्नु पनी ठूलो उपलब्धी हो भन्दै पार्टीका नेता कार्यकर्तालाई भ्रम बाढिरहेका प्रचण्ड र माधव नेपाललाई सत्तासहयात्री दलकै नेता बाट संसद भित्रै यस्तो जवाफ आउँन थालेको छ । रिजालले यस्तो घोषणाले एमसीसी सम्झौतामा कुनै शंसोधन नहुने पनि जिकिर गरेका छन् ।

प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा बोल्दै नेता रिजालले व्याख्यात्मक टिप्पणीले एमसीसी सम्झौताको मूल मर्ममा कुनै असर नपर्ने भएपनि गठबन्धनका केही नेताहरूको जुँगाको लडाइँ जोगाइदिन व्याख्यात्मक टिप्पणीको सन्दर्भ आएको बताए । उनको यो टिप्पणी प्रचण्ड(माधवप्रति लक्षित थियो ।

‘ एमसीसीबारे बेकारको प्रचार गर्नुभयो । जनतामा भ्रम छर्नुभयो । जनतालाई सडकमा ल्याउनुभयो । एमसीसीको मूल सम्झौतालाई केही फरक पर्दैन, तरपनि कसैकसैको जुँगा जोगाइदिन व्याख्यात्मक टिप्पणी ल्याउनुपर्ने भो’, रिजालले भने ।

उनले नेपाल एमसीसी सम्झौता गर्ने एक्लो देश नभएको भन्दै विकासका लागि सबै मित्रराष्ट्रहरूको सहयोग स्वीकार गर्नुपर्ने बताए । ‘दश खर्ब विकास बजेट खर्च गर्न नसक्ने हो भने हामीले सोचेको समृद्धि सम्भव छैन । त्यसका लागि हामीले विकास सहायता लिनुको विकल्प छैन’, रिजालले भने ।

उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संसदको गतिरोध अन्त्य गर्न र जिम्मेवाररूपमा प्रस्तुत हुनसमेत आग्रह गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा