शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बुटवलमा बन्द गराउँदै हिँड्ने १७ जना पक्राउ


  • सोमबार, फाल्गुन १६ २०७८
11.4K
SHARES

फाइल तस्विर

अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको विरोधमा पाँच दलीय मोर्चाले गरेको बन्दका क्रममा बुटवलमा १७ जना प्रर्दशनकारी पक्राउ परेका छन् ।

नेकपा क्रान्तिकारी माआोवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, विप्लव नेतृत्वको नेकपा रूपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र बिक, पत्रकार समेत रहेका खोमा तरामु मगरसहित १७ जना बुटवलको बसपार्क क्षेत्र पक्राउ परेका हुन् ।

बन्द गराउँदै हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

बन्दका कारण बुटवलसहित रुपन्देहीको जनजीवन प्रभावित भएको छ । राजमार्गमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने निजी सवारी साधन पनि अघिल्ला दिनको तुलनामा धेरै कम चलेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा