लामो समयदेखि एमसीसीको विरोधमा रहेको नेकपा माओवादी केन्द्र एकाएक व्याख्यात्मक टिप्पणी सहित एमसीसी पास गराउने निर्णय गराएर अध्यक्ष प्रचण्डले सदनबाट एमसीसी पास भए सँगै यही मुद्दाका कारण माओवादी फुटको सङ्घारमा पुगेको विश्लेषण सुरु भएको छ।
एमसीसीको विरोधमा कार्यकर्तालाई सडकमा उतारेको माओवादी केन्द्रले अहिले फेरि व्याख्यात्मक विश्लेषणसहित एमसीसी सदनबाट पास गरिए संगै असन्तुष्ट नेताहरुले पार्टी परित्याग गर्ने तयारी गरेको बुझिएको छ ।
सदनबाट एमसीसी पारित गरेको प्रति नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरुले असहमति जनाएका छन् । नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएका थिए । तर अध्यक्ष प्रचण्डले पेलेरै निर्णय गरेका कारण पार्टीनै फुट्ने त हैन भन्ने शंखा उब्जिएको छ।
देशको स्वाधिनताजस्तो विषयमा अध्यक्ष प्रचण्डले आफूखुशी निर्णय लिएको भन्दै ति नेताहरुले आवश्यक परे माओवादी पार्टी परित्याग गर्ने रणनीतिसहित गृहकार्य अघि बढाएको माओवादी केन्द्रका एक नेताले बताए ।
प्रचण्डले एमसीसीको व्याख्यात्मक टिप्पणी सहित सांसदबाट अनुमोदन भए पछि गठबन्धन जोगिएको र यो एउटा उपलब्धि भएको बताएका छन् । प्रचण्डले एमसीसी प्रकरणमा पत्रकार सम्मेलन गरेरै थप कुरा भन्ने बताएको अवस्थामा प्रचण्डको पार्टी भित्र एमसीसी प्रकरणमा धेरै असन्तुष्टि रहेको बुझिएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।