प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी पारित भए पश्चात् नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले व्याख्यात्मक घोषणाको भ्रम छरेर सुनियोजित तरिकाले राष्ट्रघाती एमसिसि पास गरिएको भन्दै असन्तुष्टि देखाएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सो कुरा बताएका हुन् ।
माओवादी नेतृत्वले व्याख्यात्मक टिप्पणी सहित एमसीसी पास गर्ने निर्णय सँगै प्रतिनिधिसभाबाट एमसीसी पास भएको थियो । नेता श्रेष्ठले एमसीसी पास भएको दिनलाई नेपाली जनताले कालो दिनको रूपमा चित्रण गर्ने समेत बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा नेता श्रेष्ठ लेख्छन् “अन्तत ब्यख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदन गराई छाडे।आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्। सम्पुर्ण देशभक्त शक्तिहरु एकताबध्द होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं। ”
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।