शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पायोनियरको ‘एसईई बधाई एवं विदाइ कार्यक्रम’ सम्पन्न (भिडियो)


  • आइतबार, साउन २६ २०७६
34.2K
SHARES

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२, कपनमा रहेको पायोनियर पब्लिक स्कूलले एसईईमा उतिर्ण विद्यार्थीहरुको लागि ‘एसईई बधाई एवं विदाइ कार्यक्रम’ सम्पन्न गरेको छ ।


श्रावण १८ गते शनिबार कपनमा रहेको इभरसाइन पार्टी प्यालेसको हलमा विद्यार्थी तथा अभिभावकका उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।


नेसनल प्याब्सनका केन्द्रिय अध्यक्ष रितु राज सापकोटाको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुबराज न्यौपाने, बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२ का वडाअध्यक्ष सम्भु भट्टराई, वडा नम्वर १० का वडाअध्यक्ष नवराज भट्टराई, नेसनल प्याब्सन काठमाडौँका सदस्य एवं प्रचार विभाग प्रमुख गेन्द्र लामा, नेसनल प्याब्सन बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष नारायण बाबु तिम्सिना, जुगल इङिलस मिडियम स्कूल/कलेजका प्रिन्सिपल विवेक विनयी, ज्ञान चक्षु इङिलस हाई स्कूलका डाइरेक्टर रमेश श्रेष्ठ, , ज्ञान चक्षु इङिलस हाई स्कूलका प्रिन्सिपल प्रदिप खनाल, बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२ का वडा सदस्य पुरुषोत्तम नेपाल, विद्यालय टिम, विभिन्न स्कूलका प्रिन्सिपल, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि रितु राज सापकोटाले दीप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।


कार्यक्रममा पायोनियरमा अध्ययनरत विद्यार्थी, भिएस कलेजका विद्यार्थी, छमछमीका प्रतियोगिहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत गरेका थिए ।


एसईई उतिर्ण विद्यार्थी तथा अभिभावकलाई एसईईमा सहभागि भएका विद्यार्थीहरुको सामुहिक फोटो फ्रेम, दीक्षान्त टोपी, खादा अविरद्धारा सम्मान गरिएको थियो ।


उक्त कार्यक्रमको अवसरमा शिक्षक, शिक्षिकालाई समेत सम्मान गरिएको थियो ।

यस्तै प्रस्तावित बूढानीलकण्ठ नेवा पुचःका अध्यक्ष आयन श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेसनल प्याब्सनका अध्यक्ष सापकोटाले पायोनियरबाट एसईईमा उत्कृष्ट जिपिए सहित उतिर्ण भएका विद्यार्थी, अभिावक, स्कूल परिवारलाई बधाई ज्ञापन गर्दै विद्यार्थीको उज्वल भविष्यका निम्ति शुभकामना व्यक्त गरेका थिए ।


कार्यक्रम दिउसो ३ बजेदेखि बेलुका ७ बजेसम्म चलेको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले पायोनियर पब्लिक स्कूलका फाउण्डर, प्रिन्सिपल राजन श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा