नाबालिगमाथि यौनजन्य अपराध गरेको उजूरी पछि प्रहरी अनुसन्धानका लागि नियन्त्रणमा लिइएका अभिनेता पल शाहबारे चासो बढेको छ । उनी जिल्ला प्रहरी कार्यालय तनहुँमा ७ दिन हिरासतमा राखिने निश्चित भइसकेको छ ।
अनुसन्धानका लागि भन्दै प्रहरीले ७ दिन न्यायिक हिरासतमा राख्न अदालतबाट म्याद लिएको छ । प्रहरीले उनीमाथि हिरासतमा राखेर अनुसन्धान थालेपनि कति दिन लगाएर टुंगो लगाउने हो चासो बनेको हो । अनुसन्धानपछि उनीमाथि मुद्दा दायर गर्ने हो या होइन भन्ने पनि छ ।
बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँको सम्पर्कमा आएका थिए । यही विषयसँग सम्बन्धित अर्को उजूरी नवलपरासीमा दर्ता भएको छ ।
शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।