इंग्लिस नकआउट क्लब फुटबल प्रतियोगिता काराबाओ कपको फाइनलमा आज उपाधि भिडन्त हुँदैछ । जहाँ यस सिजनको उपाधिका लागि प्रिमियर लिगका दुइ क्लब चेल्सी र लिभरपुलको रोमाञ्चक खेल हुँदैछ । फाइनल खेल टोटनह्यामको घरेलु मैदान वेम्बली स्टेडियमा नेपाली समय अनुसार राति ठीक १०ः१५ बजेबाट सुरु हुनेछ ।
प्रिमियर लिगका दुई बलिया टोली कपको उपाधिका लागि भिड्ने हुँदा यो खेलमाथि धेरैको नजर रहनेछ । चेल्सी गत सिजनको च्याम्पियन्स लिगको विजेता टिम हो भने लिभरपुल गत सिजनको प्रिमियर लिगको विजेता टिम हो । जारी सिजन लिभरपुल दोस्रो स्थानमा रहेर घरेलु लिगको उपाधि होडमा छ भने चेल्सी तेस्रो स्थानमा रहेर संघर्ष गरिरहेको छ ।
यसअघि होम र अवे गरी दुई लेगमा भएको सेमिफाइनल खेलमा चेल्सीले टोटनह्यामलाई एग्रीगेटमा ३–० ले हराएको थियो भने लिभरपुलले आर्सनललाई २–० ले हराएर उपाधि भिडन्त तय गरेका थिए । चेल्सीले यसअघि क्लब विश्वकपको उपाधि जितिसकेको छ । आज ऊ यो सिजनको दोस्रो उपाधि जित्ने लक्ष्यसाथ लिभरपुलविरुद्ध उत्रिनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।