शनिबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड कमजोर टिमसंग आफ्नै घरमा निरिह बनेकाे छ । २७औं साताको खेलमा युनाइटेड आफ्नो घरमा १९औं स्थानको टिम वाटफोर्डसँग गोलरहित ०–० को बराबरीमा रोकिएको हो । यसअघि वाटफोर्डको घरमा भएको पहिलो लेगमा युनाइटेड ४–१ ले पराजित भएको थियो ।
युनाइटेडकाे घरेलु मैदान ओल्ड ट्राफोर्ड रंगशालामा भएको खेलमा युनाइटेडले खेल पूराका पूरा पकडमा राखेर खेले पनि गोल भने गर्न सकेन । उसले कूल ६८ प्रतिशत बल नियन्त्रणमा राखेर खेलेर २२ पटक सट हान्दा मात्रै ३ सट अन टार्गेट थिए । २२ पटक सट हान्दा पनि युनाइटेडले १९औं स्थानको टिमविरुद्ध १ गोल पनि गर्न सकेन ।
आजको खेलमा क्रिस्टियानो रोनाल्डोले चारपटक गोलका अवसर सिर्जना गरे पनि उसनका अवसर सहकर्मीले खेर फालेका थिए । उनले तीनपटक अवसर खेर फालेका थिए । आठौं मिनेटमै उनको १ सट पोलमा लागेर फर्कियो भने उनको १ गोल रद्द भएको थियो । ब्रुनो फर्नान्डेजले एक राम्रो अवसरमा स्वार्थी बन्दा युनाइटेडले गोलको राम्रो अवसर गुमाएको थियो ।
अब यो बराबरीपछि युनाइटेडले पछिल्ला ४ खेलमा मात्रै एक खेल जितेर २ खेल बराबरी गर्दा एक खेल भने हारेको छ । युनाइटेडको खातामा अब २७ खेलपछि ४७ अंक भएको छ । तर, तीन खेल कम खेलेको आर्सनलले अब एक खेल जित्नासाथ युनाइटेडको चौथो स्थान खोसिनेछ । अहिले युनाइटेड २७ खेलपछि ४७ अंकसहित चौथोमा रहँदा आर्सनल मात्रै २४ खेलपछि ४५ अंकका साथ पाँचौंमा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।