शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

माओवादीका यी दुई सांसदले एमसीसीको पक्षमा मतदान नगर्ने


  • आइतबार, फाल्गुन १५ २०७८
8.8K
SHARES

फाइल तस्विर

अमेरिकी सहयोग परियोजना एमसिसी आज संसदबाट पारित हुने भएको छ। आजै बस्ने प्रतिनिधि सभाको अर्को बैठकमा एमसीसी सम्झौता पारित गर्न मतदान हुनेछ।

उक्त मतदानमा सत्तारूढ माओवादी केन्द्रका दुई सांसदले भाग नलिने भएका छन्। सांसदहरू गिरिराजमणि पोखरेल र अन्जना विशंखेले मतदान भाग नलिने स्रोतले जानकारी दियो। उनीहरूले यसबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी दिइसकेका छन्।

माओवादी केन्द्रको आजै बसेको संसदीय दलको बैठकले एमसिसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको थियो। पार्टीले निर्णय गरे पनि एमसिसीको छलफलमा सहभागी माओवादी सांसदहरूले एमसिसी सम्झौताको विरोध गरेका छन्।

यो पनि पढ्नुहोस्
अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ सरकारले व्याख्यात्मक घोषणासहित सदनबाटै दिने बताएका छन् । त्यसक्रममा उनले व्याख्यात्मक घोषणापछि एमसीसीबारे आएका प्रश्नहरु निरुपण हुने विश्वास व्यक्त गरे ।
‘सार्वभौम संसदले कानुन बनाउने र राष्ट्रको हितमा सरकारको प्रस्तुतिपछि आम नेपाली जनतालाई जवाफ हुनेछ । सरकार जिम्मेवार छ’ अर्थमन्त्री शर्माले एमसीसीमाथिको प्रस्तावमा उठेका प्रश्नको जवाफ दिने विश्वास सदनलाई दिलाउँदै भने, ‘असंलग्न परराष्ट्र नीतिका आधारमा सबै राष्ट्रहरूसँग समान व्यवहार गर्नेछ ।’

उनले सोहीअनुसार व्यवहार गर्ने सरकारको नीतिमा कुनै फेरबदल नहुने कुरामा विश्वस्त हुन आग्रह समेत गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा