शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

एमसीसीको पक्षमा बोल्दा ढुंगामुढा होला भन्ने खत्तरा भयोः बाबुराम भट्टराई


  • आइतबार, फाल्गुन १५ २०७८
14.6K
SHARES

फाइल तस्विर

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले एमसीसीबारे लाजमर्दो गतिविधि गरेको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि व्यङ्ग्य गरेका छन् । आज भएकाे प्रतिनिधि सभामा बोल्दै एमसीसी अनुमोदन गर्ने निर्णय गरेर प्रचण्ड र माधव नेपालले लाज छोपेको टिप्पणी गरे ।

‘केही साथीहरुले वातावरण विशाक्त गर्नुभयो,’ प्रचण्ड र माधव नेपालप्रति संकेत गर्दै बाबुरामले भने,‘पातलो लगुंटी लगाएर लाज छोप्नुभयो ।’
एमसीसीबारे अतिरञ्जित तरिकाले जनतालाई प्रचार गरेर भ्रम छरिएको टिप्पणी गरे । नैतिक दायित्वबाट पन्छने गतिविधि गरेको भन्दै राजनीतिबाट सन्यास लिन भने । एमसीसी यसअघिका प्रधानमन्त्रीहरुको पालामा समेत अगाडि बढेको उल्लेख गरे ।

एमसीसी पनि लिने, बीआरआई, विप्पा जस्ता सहयोग लिनुपर्ने भन्दै यसरी नै भ्रम फैलाएर विकास परियोजना रोक्न खोजे देशमा बुढाबुढी मात्र बसेर ढुंगामुढा जपेर बस्नुपर्ने अवस्था आउने बताए । उनले भने,‘यस्तै हो भने हाम्रा छोराछोरी देशमा बस्दैनन् । हामी बुढाबुढी मात्र बस्नुपर्ने हुन्छ ।’

एमसीसीबारे भ्रम फैलाउँदा आफ्नै निर्वाचन क्षेत्रमा जान नसकिने अवस्था बनेको बताए । उनले भने,‘एमसीसी अनुमोदनको पक्षमा बोल्दा ढुंगामुढा हुने खतरा छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा