अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)माथि संसद्मा सामान्य सैद्धान्तिक छलफल सुरु भएको छ ।
सरकारले यही फागुन ८ गते संसद्मा टेबल गराएको सम्झौतामाथि आजको प्रतिनिधिसभा बैठकमा छलफल सुरु भएको हो ।
छलफल प्रक्रियामा सत्ता गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजावादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सहभागी भएका छन् ।
यस्तै, प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सहभागी भएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने छलफलमा सहभागी भएन । एमालेले संसद् अवरोध जारी राखेको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूबीच एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने सहमति भइसकेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।