एमसीसीकाे विरुद्धमा सडक आन्दोलनमा रहेका नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताले आन्दोलन स्थल छाडेका छन् । माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले आन्दोलन गर्न छाडेर प्रदर्शनस्थल नयाँबानेश्वर छाडेका हुन् ।
एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका माओवादी नेता कार्यकर्ताहरूले आइतबार नगर्ने भएका छन् । माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि कार्यकर्ताहरूले पनि प्रदर्शन नगर्ने भएका हुन् ।
बानेश्वर क्षेत्रमा अहिले माओवादीबाहेक राप्रपा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका राजनीतिक दल र संघ संगठन विरोध प्रदर्शनमा उत्रिएका छन् । एमसीसीमाथि छलफल गर्न आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।