सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ ।
आइतबार बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो सेसनले एमसीसी अनुमोदन गर्ने गठबन्धन बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार व्याख्यात्मक टिप्पणी भन्नाले एमसीसीबारे देखिएको भ्रम र विवादलाई स्पष्ट पार्ने हो । एमसीसी अनुमोदन भएमा अमेरिकी सेना आउनेदेखि नेपालको कानुनभन्दा माथि रहेको भन्ने विषयलाई स्पष्ट पार्दै नेपालको अडान प्रस्तुत गर्ने गरी व्याख्यात्म टिप्पणी गरिने पौडेलले बताए ।
एसमीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानअनुसार चल्ने र नेपालको आर्थिक विकास सहायता रहेको स्पष्ट पार्ने कार्यलाई नै व्याख्यात्मक टिप्प्णी भनिएको नेता पौडेलले जानकारी दिए ।
एमसीसी संसदबाट अनुमोदन गर्न नहुन बताउँदै आएका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) अन्ततः पारित गर्न राजी भएका छन् । न्युज कारखाना
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।