काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी ‘व्याख्यात्मक घोषणा’ सहित पारित गर्न सत्ता गठबन्धनमा सहमति भएको छ।
आइतचबार बसेको गठबन्धनका दलहरुको बैठकले यस्तो निर्णय गरेको हो । यससँगै आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकबाट एमसीसी पास गराउने तयारी सरकारले गरेको छ।
यसैबीच एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएको छ ।
यसअघि एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेका सत्तारुढ गठबन्धन ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गर्न तयार भएसँगै सत्तारुढ दलका नेताहरुले यसबारे अमेरिकी अधिकारीहरुसँग शनिबार साँझ टेलिफोन सम्पर्क गरेक थिए ।
‘एमसीसीमा व्याख्यात्मक घोषणा गर्ने दलहरूको निर्णयमा अमेरिकी अधिकारीहरुले समेत सकारात्मक संकेत दिएकाले हामी अघि बढेका हौ’, काँग्रेसका एक नेता भन्छन्, ‘नेपालका दलहरुले व्याख्यात्मक घोषणा गर्दा अमेरिकाले मान्छ र ? भनेर प्रश्न गरिरहेका बेला त्यसको समेत निरुपण भएको छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।