काठमाडौं– बलात्कारको आरोप लागेका अभिनेता पल शाहले प्रहरीसमक्ष ‘आत्मसमर्पण’ गरेका छन्। एक नाबालिग गायिकामाथि करणी (बलात्कार) गरेको जाहेरी परेपछि प्रहरीको खोजीमा रहेका शाह आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका हुन्।
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार बलात्कारको जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँले शाहको खोजीका लागि प्रहरी प्रधान कार्यालयमार्फत् देशभरका विभिन्न प्रहरी कार्यालयलाई आग्रह गरेको थियो। प्रहरीले खोज्दा भने उनी ‘भेटिएका थिएनन्’।
शाहले आइतबार बिहान सामाजिक सञ्जालमा एक सन्देश लेख्दै आफू स्वयं प्रहरी कार्यालयमा उपस्थित हुने जनाएका थिए। प्रहरीले खोजी गर्दा पनि ‘फरार’ रहेकोबारे उनले सामाजिक सञ्जालबाटै क्षमा समेत मागेका थिए।
पलले भनेका छन्, ‘म घरको एक्लो गार्जियन हो । घर-व्यवहार मिलाउनु थियो । प्रहरीमा सरेन्डर गरेपछि घरमा जे पनि अवस्था आउन सक्छ । घरमा बुवा, मम्मी र बहिनी मात्र छन् । त्यसैले सबै मिलाउनुपर्दा प्रहरीमा उपस्थित हुन ढिलाइ भएको हो । यसका लागि माफी चाहन्छु ।’
पलले आफू अभिनित नयाँ चलचित्रले राम्रो व्यापार गरेको भन्दै खुसी व्यक्त गरेका छन् । साथै यो चलचित्र एकपटक दर्शकसँग बसेर हेर्ने मौका दिन उनले प्रहरीलाई आग्रह गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।