आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

दुई घन्टा अघि नै बानेश्वर पुगे सांसदहरू


  • आइतबार, फाल्गुन १५ २०७८
7.7K
SHARES

तस्विरः फाइल

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसदहरू संसद भवन नयाँ बानेश्वर पुगेका छन्।आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक राखे पनि दुई घन्टा अघि नै सांसदहरू बानेश्वर पुगेका छन्।

कांग्रेस संसदीय दलले ११ बजे संसद भवन पुग्न निर्देशन दिएको थियो। ११ बजेभित्रै संसद भवन पुग्न पार्टीले भनेअनुसार आफूहरू बानेश्वर आएको कांग्रेस सांसद प्रकाश रसाइली स्नेहीले जानकारी दिए। आज प्रतिनिधि सभा बैठकमा एमसिसीबारे छलफल हुँदैछ।

सत्तारूढ गठबन्धनले एमसिसी पारित गर्ने तयारी गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा