नेकपा एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि अवरोध कायमै राख्ने जनाएको छ । सत्ता गठबन्धनले आजै एमसीसीलाई सांसदबाट अनुमोदन गराउने निर्णयमा पुगे पनि आफ्ना माग सम्बोधन नभएको भन्दै संसद् बैठक अवरुद्ध गर्ने एमालेले जनाएको छ ।
एमाले प्रक्रियामा सहभागी नहुने भएपछि सत्तारुढ दललाई एमसीसी अनुमोदन गराउन झन् सहज हुने छ । यसअघि आइतबार विहान सत्ता साझेदार दलले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेका छन् ।
एमसीसीलाई व्याख्यात्मक टिप्पणी सहित अनुमोदन गराउन माओवादी र समाजवादी तयार भए पछि आजै सांसदबाट अनुमोदन हुन लागेको हो । यो सँगै सत्ता गठबन्धन नटुट्ने देखिएको छ ।
पाँच दलीय सत्ता गठबन्धनले व्याख्यात्मक घोषणासहित आजै अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी सांसदबाट अनुमोदन गर्ने निर्णय गरेको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका थिए ।
एमालेले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार प्रतिनिधिसभाको अवरोध खोल्न एमाले तयार छैन । एमालेले राखेका मागमा सरकार सकारात्मक देखिएन हामी प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित हुनेछौ । संसद्को अवरोध जारी रहन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।