शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कहा छन् पल शाह ? यस्तो अवस्थामा भेटियो गाडी !


  • आइतबार, फाल्गुन १५ २०७८
17.7K
SHARES

फाइल तस्विर

फरार रहेका अभिनेता पल शाहको गाडी फेला परेको छ । पल चढ्ने गरेको शाहको गाडी राजधानीको अनामनगरमा फेला परेको हो।

महानगरीय प्रहरी परिसरका अनुसार उनी चढ्ने गरेको टाटाको नेक्सन गाडी अनामनगरमा बेवारिसे अवस्थामा फेला परेको हो । यसबारे बुझ्दा महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले पुष्टि गरे ।

शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । उनीविरुद्ध नाबालिग गायिकामाथि बलात्कार गरेको उजुरी दर्ता भएको छ । त्यसपछि उनी फरार भएका थिए ।

एक नाबालिगमाथि बलात्कार आरोप लागेपछि उनी ‘फरार’ थिए। गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरुद्ध जाहेरी परेको थियो।

त्यही दिनदेखि प्रहरीले उनलाई पक्रन खोजिरहेको भए पनि उनी फेला परेका थिएनन्। सामाजिक सञ्जालमा आइतबार एक स्टाटस लेख्दै उनले आज प्रहरीसामु उपस्थित हुने जनाएका हुन्।

उनले लेखेका छन्, ‘मेरो आफ्नो स्वास्थ्यस्थिती बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु। नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरीसामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा