काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७, बासबारी, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलको ‘किड्स कल्चरल शो’ सम्पन्न भएको छ ।
माघ १९ गते शनिबार स्कुलको प्रांगणमा कक्षा ३ सम्मका विद्यार्थी तथा अभिभावकहरुलाई केन्द्रित गर्दै ‘किड्स कल्चरल शो’ गरिएको हो ।
प्याब्सन बुढानिलकण्ठ नगरपालिकाका अध्यक्ष खेम राज घिमिरेको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा समाजसेवी नारायण भाइ श्रेष्ठ, स्कुुल टिम, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्याथीहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत गरेका थिए । जसलबाट अभिभावकहरुमा रौनकता थपिएको थियो ।
विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमताको उजागर गर्नका लागि ज्ञान चक्षुले यि र यस्ता कार्यक्रमहरु गर्दै आएको छ र सोही कुराको निरन्तरता स्वरुप ‘किड्स कल्चरल शो’ आयोजना गरिएको स्कुलका फाउण्डर, डाइरेक्टर रमेश श्रेष्ठले बताए ।
कार्यक्रम बिहान ११ बजेदेखी दिउसो ३ बजेसम्म चलेको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले ज्ञान चक्षु इंग्लिस हाई स्कुलका फाउण्डर, प्रिन्सिपल प्रदिप खनालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।