दिउँसो १ बजे बस्ने संसद बैठकले बस्ने बैठकले एमसीसी छलफलमा लैजाने र दलहरुबीचमा सहमति भएमा ताली बजाएर पारित गर्ने सम्भावना रहेको स्रोतको दावी छ ।
यसका लागि सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले एमसीसीलाई ब्याख्यात्मक व्यवस्थासहित पारित गर्ने निर्णय गरेका हुन् ।
शनिबार रातीसम्म बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीमा आ आफ्नो धारणाको सम्मान गर्दै सहमतिमै पारित गर्ने तयारी गरेको बताइएको छ।
एमसीसी पारित गर्ने विषयमा माओवादीले आफ्नो पूर्ववत अडान फेरेको छ । यस्तै समाजवादीले समेत आवश्यकतालाई सम्बोधन गर्ने भन्दै एमसीसी पारित गर्न सहयोग गर्ने भएको छ । एमालेलाई सरकारमा आउनबाट रोक्न पनि माधव नेपाल नेतृत्वको समाजवादी एमसीसी पारित गर्ने निष्कर्षमा पुगेको हो ।
यसका लागि माओवादी केन्द्र र समाजवादीले आफ्ना शीर्ष नेताहरुको बैठक बसेर निर्णय गर्ने योजना छ । पार्टीबाटै निर्णय गराएर एमसीसीलाई छलफलमा लैजाने र पारित गर्न कांग्रेसलाई सघाउने निर्णय गरेका हुन् ।
यसले सत्ताको नेतृत्व गरिरहेको कांग्रेसलाई प्रत्यक्ष फाइदा पुगेको छ । एमालेसँग पछिल्ला निरन्तर वार्ता सफल नभएपछि कांग्रेस सत्ता गठबन्धनको भरोसामा एमसीसी टुंग्याउन चाहिरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।