शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमसीसी यथास्थितिमा सांसदबाट पारित हुन सक्दैन, एमसीसीको विषयमा मध्यमार्ग हुँदैन : झलनाथ


  • आइतबार, फाल्गुन १५ २०७८
12.7K
SHARES

फाईल तस्बिर

एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसी सांसदबाट पास हुन नसक्ने दाबी गरेका छन् । एमसीसीको विषयमा आफ्नो पार्टीले मध्यमार्ग अपनाउने भन्ने कुर नहुने बताउँदै यथास्थितिमा एमसीसी पास हुन नसक्ने बताएका छन् ।

शनिबार माओवादी केन्द्रका शीर्ष नेताहरुसँग छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘के के हुन् मध्यमार्ग भनेर त्यो मध्यमार्गको कुरा हामीलाई थाहा हुँदैन । तर, दुईटा मार्ग छन् । एस वा नो को मार्ग । हामी यथास्थितिमा नो भन्छौं । राष्ट्रको हितमा हुने गरी संशोधन गरिए एस भन्ने पक्षमा छौं ।’

एमसीसीमा मध्यमार्गको खोजी भएको विषय आफूले पनि सञ्चार माध्यमबाट थाहा पाएको भन्दै उनले कसकसले मध्यमार्ग खोजेको हो आफूलाई जानकारी नभएको बताए ।

नेता खनालले सरकार छोड्ने कि नछोड्ने भन्ने विषय एमसीसीको मुद्धा कसरी टुंगिन्छ त्यसमा भर पर्ने बताए । ‘सरकार छोड्ने बारेमा केही कुरा गरेका छैनौं । अब एमसीसीको मुद्धा कसरी टुंगिन्छ ? त्यसले धेरै कुराहरु निर्णय गर्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा