शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रतिगामीहरूले एमसीसी चाहियो भनेर मैले पत्र लेख्यो भन्ने झुटो हल्ला गर्दै छन् : झलनाथ खनाल


  • शुक्रबार, फाल्गुन १३ २०७८
13.1K
SHARES

फाईल तस्बिर

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झालनाथ खनालले आफू प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र लेख्यो भन्ने झुटो हल्लाप्रतिगामीहरूले चलाएको दाबी गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहिले प्रतिगामी शक्तिहरुले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको भन्दै त्यो सरासर झुटो भएको बताए ।

आज पोखरामा आयोजित एक कार्यक्रममा सम्बोधनमा गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गर्दै झालनाथ खनालको प्रधानमन्त्री कार्यकालमा एमसीसी चाहियो भनेर पत्र लेखिएको बताएका थियो ।

नेता खनालले आफ्नो कार्यकालमा एमसीसीसँग कुनै कुरामा पत्र लेखेको डकुमेण्टहरु लिएर आउन पनि चुनौति दिए । उनले एमसीसीलाई पत्र लेख्ने कुरा डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेदेखि सुरु भएको र यो कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग रहेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा