शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

देउवाको प्रस्ताव : एमसीसी मिलेर पास गरौँ, ओली भन्छन् १४ सांसदलाई पहिला पदमुक्त गर्नुपर्‍यो !


  • शुक्रबार, फाल्गुन १३ २०७८
13.3K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष सँग भेटवार्ता गरेका छन् । भेटवार्ताको क्रममा अमेरिकी सहयोग परियोजना सबै मिलेर सांसदबाट अनुमोदन गरौँ भन्ने प्रस्ताव गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा देउवाले अधिकतम सहमतिबाट एमसीसी अनुमोदनमा जोड दिएका थिए ।

तर प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आफ्नोपार्टीले कारबाही गरेका सांसदलाई कारबाही गर्नु पर्ने पुरानै अडान राखेको स्रोतको दाबी छ । आफ्ना मागहरू सम्बोधन गर्नुपर्ने अनि मात्रै एमसीसीको विषयमा आफूहरूले धारणा बनाउने ओलीको जवाफ रहेको बताइएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे अनिर्णित नबस्ने बताएको एमालेले संसदमा उपस्थित भएर यसबारे छलफल गर्न आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा शर्त भएको बताएको छ ।

नेपाली कांग्रेसका नेताहरुसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा