शनिबार, साउन ९ २०८३
ताजा अपडेट

युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गर्नुपर्छः उपमहासचिव ज्ञवाली


  • शुक्रबार, फाल्गुन १३ २०७८
10.6K
SHARES

फाईल तस्बिर

एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्ने बताएका छन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेका हुन् । ‘युक्रेनमा रुसी हस्तक्षेपको कारण भएका विस्फोट, विनाश र पलायन समेटिएका मिडिया रिपोर्टबाट दुःखी छु,’ उनले लेखेका छन्, ‘प्रत्येक राष्ट्रलाई आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्ने अधिकार छ ।’

रुसी आक्रमण तत्काल बन्द गर्नुपर्ने माग गर्दै उनले लेखेका छन्, ‘राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ । रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा