शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रचण्ड-माधवको ओरालो यात्रा सुरु, नौ महिनामै पाँच दलीय गठबन्धन पुग्यो कोमामा !


  • शुक्रबार, फाल्गुन १३ २०७८
12.8K
SHARES

फाइल तस्विर

एमसीसी प्रकरणले पछिल्लो समय पाँच दलिए सत्ता गठबन्धन टुट्ने देखिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबल भए सँगै सत्ता साझेदार प्रमुख घटक समाजवादी अध्यक्ष माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्ड विपक्षमा उभिए पछि गठबन्धन टुट्ने लगभग निश्चित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओली र एकीकृत माओवादी अध्यक्ष प्रचण्ड सँग हिजो बिहीबार वान टु वान वार्ता भयो । सो वार्ताको क्रममा प्रचण्डले गठबन्धन फेर्ने कुरा गरेको स्रोतको दाबी छ ।

एमाले अध्यक्ष ओलीले प्रत्युउत्तरमा प्रचण्डलाई एमसीसी राष्ट्र हितमा नभएको भए मैले कुरै उठाउने थिइन । म एमसीसीको पक्षमा छु भन्ने जवाफ ओलीले दिएको खबर बाहिरिए सँगै अव काँग्रेस एमाले नजिकिने र समाजवादी माओवादी सत्ताबाट बाहिरिने लगभग निश्चित भएको स्रोतको दाबी छ ।

लामो समय पछी भएको एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड बिच भएको संवादमा एमालेका ओलीसहित ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेल थिए भने माओवादी केन्द्रका प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत थिए ।

सत्ताको नेतृत्व गरेको दल नेपाली काँग्रेस कुनै पनि हालतमा एमसीसी पास सदनबाट गराई छाड्ने रणनीतिमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा रहेका छन् ।

प्रचण्ड र माधव नेपाल नेतृत्वको पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने बताई सकेको छ । तर सत्ताबाट निस्किने निर्णय भने अझै गरेको छैन । प्रचण्ड माधव नेपालको चाहाना सत्ता छोड्ने नदेखिए पनि परिस्थितिले सत्ताबाट बाहिरिनु पर्ने अवस्था आउन लागेको जानकारहरूको दाबी छ ।

नजिकिँदै गरेको चुनावलाई मध्यनजर गर्ने हो भने पार्टीको हैसियत खस्किएको बुझेका माओवादी अध्यक्ष प्रचण्ड सत्तामै रहेर चुनावमा जान चहान्छन । सत्ता गठबन्धनबाट अलग भएर चुनावमा गए पत्ता साफ हुने डर उनमा छ ।

समाजवादी दललाई पनि गठबन्धनबाट अलग भए चुनावमा साफ हुने अवस्था छ । तर पछिल्लो समय एमसीसी प्रकरणले देउवा ओली नजिक देखिए पछि प्रचण्ड र माधव नेपालको ओरालो यात्रा सुरु भएको राजनितिका जानकारहरू बताउँछन् ।

नौ महिनामै पाँच दलीय गठबन्धन टुट्ने अवस्था बन्नुको पछाडि भने एमसीसीमा साझा धारणा बन्न नसक्नु हो । प्रधानमन्त्री देउवा र उनको दल कांग्रेस, एमसीसी जसरी पनि अनुमोदनको पक्षमा उभिएको छ भने बाँकी सत्ता साझेदार विरुद्धमा छन् । कांग्रेसलाई जसपाका बाबुराम भट्टराई समूह र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मात्रै साथ दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा