शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

नेपाली भूमिमा कसैलाई चीनविरोधी गतिविधि गर्न दिन्नौं : माधव नेपाल


  • बिहिबार, फाल्गुन १२ २०७८
7.2K
SHARES

तस्विरः फाइल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्षले नेपाली भूमिमा कुनै पनि शक्तिलाई चीनविरुद्ध पृथकतावादी गतिविधि गर्न नदिने बताएका छन् ।

बुधबार चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय सम्पर्क विभागका उप-प्रमुख चेङ झाऊसँग भएको भिडियो कुराकानीमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले नेपाली भूमिमा कुनै पनि शक्तिलाई चीनविरुद्ध पृथकतावादी गतिविधि गर्न नदिने बताएका हुन् ।

उनले नेपालले दृढतापूर्वक ‘एक चीन नीति’ अख्तियार गर्दै आएको पनि बताएका थिए । नेपाल-चीन मित्रता प्रबर्द्धनका लागि सीपीसीसँग मिलेर सहकार्य एवं संवाद गर्न समेत नेपाल आतुर रहेको उनको भनाइ थियो ।

यता, भिडियो कुराकानीमा झाओले दुबै मुलुक र दलबीचको सम्बन्धको प्रशंसा गरेका थिए । चीनले द्धिपक्षीय सम्बन्धको स्वस्थ एवं स्थिर विकासलाई अघि बढाउँदै नेपाली जनतालाई स्वतन्त्र भएर आफ्नो विकासको मार्ग रोज्न सधैं सघाउने पनि उनको भनाइ थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा