शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

शिक्षक लाइसेन्सको परीक्षा असोज ९, १० र ११ मा हुने


  • शनिबार, साउन २५ २०७६
22.6K
SHARES

भक्तपुर ।

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को परीक्षाको मिति सार्वजनिक तय भएको छ । आयोगका अनुसार प्राथमिक तहको असोज ९ गते , माध्यमिक तहको असोज १० गते र निम्न माध्यमिक तहको परीक्षा असोज ११ गते हुने भएको छ ।

प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रिन्ट गर्न सकिने जनाइएको छ । परीक्षा केन्द्र पछि सार्वजनिक गरिने बताइएको छ ।

आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको शिक्षक लाइसेन्सका लागि विज्ञापन गरेको थियो ।

आयोगका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् ।

जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ । यस्तै कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा