नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माइतीघरमा एमसिसी विरूद्ध प्रदर्शन गरिरहेका युवाहरूको कुनै दोष नभएको बताउँदै बिहान एमसीसीमा एउटा कुरा गर्ने बेलुका सीसीमा अर्को कुरा गर्ने नेताहरूको दोष रहेको बताएका छन् ।
एमसीसी प्रकरणले राजनिति तातेको बेला महामन्त्री शर्माले सामाजिक सञ्जालमा भनेका छन् सडकमा एमसीसीको विरोध गरिरहेको कुनै युवकको कुनै दोष छैन दोषी त ती दैध चरित्र भएका नेताहरू हुन् जो बालुवाटारमा एउटा कुरा गर्छन् , बानेश्वरमा अर्को कुरा गर्छन् ।
महामन्त्री शर्माले सामाजिक सञ्जालमा छोटो टिकटक भिडियो समेत राखेका छन् भिडियोमा उनले भनेका छन् बिहान बिहान एमसीसीमा एउटा कुरा गर्ने बेलुका बेलुका सीसीमा अर्को कुरा गर्ने दोहोरो चरित्र भएका नेताको दोष भएको तर एमसीसी प्रकरणमा प्रदर्शनमा उत्रिने युवाहरूको दोष नभएको बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।