आफूलाई दार्शनिक बताउने मुकुन्द घिमिरे उर्फ मुकुन्देले सामाजिक सञ्जाल फेसबुकमा एमाले अध्यक्ष कोपी ओली १०० वर्ष चिरायु रहनुपर्छ भन्ने बिचार पोखेका छन् । सामाजिक सञ्जाल फेसबुक ट्विटर मा अत्यधिक फ्यान फलोअर कमाएका मुकुन्देले ओलीको फेवरमा अभिव्यक्ति दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ‘कमरेड ओली १०० वर्ष चिरायु रहनुपर्छ, तर यहाँ जनताका नेताले अपमान सहनुपर्छ, अगुवा मदन भण्डारीलाई गुमाउनुपर्यो, आफू बाँच्नलाई बयल गाडा घुमाउनुपर्यो, ०५४ मा डिजाइनले एमालेमा फुट गराइदियो, ०६४ मा जङ्गलीले चुनाव हराइदियो, एउटा आशाको दियो बलिरहनुपर्छ, उखानले भए पनि पार्टी चलिरहनुपर्छ। ‘
रत्नपार्कमा आफ्ना अभिव्यक्ति दिएर चर्चामा आएका मुकुन्दे पछिल्लो समय सामाजिक सञ्जालमा आफ्ना भनाई पोख्ने गर्छन् । केहीले उनलाई हावादारी गफ लाएको भने पनि उनको तर्क सत्यता नजिक रहने जानकारहरू बताउँछन् । एक राजनीतिका जानकार भन्छन् मुकुन्देलाई हावादारीको ट्याग लगाएर बहुला सम्म भन्छन् तर मुकुन्देले समाजको यथार्थ बोलेको हुन्छ ।
पूर्व भोजपुरमा जन्मिएका मुकुन्दे राजनीतिक घटना क्रममा चोटिला आफ्ना भनाई राखेर सामाजिक सञ्जालमा धेरै पढिने र हेरिने मध्य पर्छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।