शनिबार, साउन ३० २०८३
ताजा अपडेट

भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सामान्य छलफल हुने


  • बुधबार, फाल्गुन ११ २०७८
9K
SHARES

फाईल तस्बिर

प्रतिनिधिसभाको बिहीबार भोलिको बैठकमा एमसीसीबारे सामान्य छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एससीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख गरिएको छ ।

प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने जनाइएको छ । एमसीसी टेवल गर्ने बेला अर्थमन्त्री शर्मा अस्वस्थ भएको बताईएको थियो ।

यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन’ पेश गर्ने प्रस्ताव पनि सम्भावित कार्यसूचीमा समावेश छ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि विहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानले जनाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा