शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

हिजो सम्म एमसीसी संशोधन बिना पास हुनै सक्दैन भन्ने गगन थापाले आज के खाएछ : सांसद किराँती


  • बुधबार, फाल्गुन ११ २०७८
13.8K
SHARES

फाइल तस्विर

एकिकृत माओवादीका केन्द्रीय सदस्य तथा सांसद सुदन किराँतीले एमसीसी प्रकरणमा नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले एमसीसीको विपक्षमा बोल्नेहरू सरकारमा बस्न नमिल्ने भन्दै दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेता किराँतीले हिजो सम्म एमसीसी संशोधन बिना पास हुनै सक्दैन भन्ने गगन थापाले आज के खाएछ भन्ने कडा टिप्पणी गरेका हुन ।

नेता किराँतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘ज्ञानेन्द्रले थर्काउँदा नडराएको नागरिक बिचरा गगन थापाले थर्काउन खोज्छ वा ! राष्ट्रको स्वाधिनता भन्दा माथि गठबन्धन हुँदै होइन । हिजो सम्म संशोधनबिना पास हुनै सक्दैन भन्थ्यो आज थापाले के खाएछ ? जनता जान्न चाहान्छ ।’

पछिल्लो समय नेकपा माओवादी एमसीसीलाई अहिलेकै अवस्थामा पास गर्न हुँदैन भन्दै विपक्षमा उभिएको छ । एमसीसीको विपक्षमा उभिए सँगै सत्ता गठबन्धन टुट्ने अवस्था सृजना समेत भएको जनकारहरू बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा