शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रतिक्रान्तिकारीहरुको षडयन्त्र र भ्रम चिरेर विजयी हुन्छौ : प्रचण्ड


  • बुधबार, फाल्गुन ११ २०७८
10.9K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताएका छन् ।

साथै उनले उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेको भएपनि ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुने विश्वास व्यक्त गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरी पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्छन ।

अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरु बीच संघर्ष चलिरहेको छ । उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा