शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रचण्ड भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा


  • बुधबार, फाल्गुन ११ २०७८
11.6K
SHARES

प्रधानमन्त्री शेरबहादुर देउवा / पूर्व प्रधानमन्त्री प्रचण्ड

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार पुगेका छन् ।

हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका प्रधानमन्त्री देउवा आज बिहानै प्रचण्डलाई भेट्न प्रचण्डनिवास पुगेका हुन् ।

संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले दौडधुप बढाएका छन् ।

देउवा र ओलीबीच हिजो भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । हिजोको भेटमा देउवालाई ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए ।

जवाफमा ओलीले पहिले आफूहरुको माग पूरा गर्न भनेका थिए । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा