शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मोहन वैद्यले प्रचण्डलाई भने –एमसीसी राष्ट्रघाती छ, पास नगर्नुस्


  • मंगलबार, फाल्गुन १० २०७८
16.5K
SHARES

mohan baidhya kiran & prachanda

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ बीच एमसीसीबारे छलफल भएको छ ।

‘प्रचण्ड’ निवास खुमलटारमा मंगलबार बिहान भएको छलफलमा महासचिव वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसदमा टेबल गरेकोमा जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहमति भएर नै एमसीसी टेबल गरेको बताएका थिए ।

एमसीसी र त्यससँग जोडिएका विषयमा कुराकानी भयो । उहाँ (प्रचण्ड) ले गठबन्धनमा सहमति भएर नै टेबल गरेको तर मतदान गर्नुपरेको अवस्थामा विपक्षमा मतदान गर्छौ भन्नुभयो’, प्रचण्डसँगको भेटपछि महासचिव वैद्यले  भने, ‘ यो राष्ट्रघाती छ पास गर्नुभयो भने राम्रो हुदैन भनेर मैले भनेँ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा