मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले यही फागुन ८ गते गरेको नेपाल बन्दका क्रममा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्यलाई रिहा गर्न आग्रह गरेको छ ।
मंगलबार पार्टीका महासचिव मोहन वैद्य किरणले विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा गरिएको नेपाल बन्दका क्रममा पक्राउ परेका केन्द्रीय सदस्य वसन्त बोगटी र सुनिता बुढाथोकीलाई रिहा गर्न माग गरेका हुन् ।
क्रान्तिकारी माओवादीले आफ्नो पार्टी र अन्य पार्टीका नेता तथा कार्यकर्तालाई झुट्टा मुद्दा लगाएको भन्दै अविलम्ब र निःशर्त रिहाइको माग गरेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।