शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमसीसीमा असहमति जनाउनेहरूले सरकार छाड्नुपर्छ : गोकर्ण विष्ट


  • मंगलबार, फाल्गुन १० २०७८
11.7K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धनका केही राजनीतिक दलहरूले एमसीसीका विषयमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

गृहजिल्ला गुल्मीको मुसिकोट नगरपालिका–५ आँपचौरको तल्लाफाँटमा सहिद पार्कमा निर्मित विभिन्न भौतिक संरचनाको उद्घाटन गर्दै  उनले भने,‘सत्ता मै रहेका कतिपय राजनैतिक दलका मित्रहरूले म मन्त्री भएको हैसियतले एमसीसीमा असहमति जनाउन मिल्दैन तर सांसदको हैसियतमा भने एमसीसी पास गर्न हुन्न भन्ने पक्षमा छु भनेको सुन्छु ।

यस्तो पनि कहीँ हुन्छ ? उनले प्रतिप्रश्न गर्दै थपे,‘संसदीय इतिहासमा यस्तो लाज मर्दो, अनौठो तमासा अहिलेसम्म कहीँ कतै देखिएको थिएन ।

मन्त्री पद जोगाउनका लागि एमसीसीको पक्षमा हुने, बाहिर चाहिँ एमसीसीको विपक्षमा कार्यकर्ता उराल्ने ? एमसीसीको विपक्षमा भए सरकार छाड्नुपर्‍यो नत्र यस्तो तमासा देखाउनु भएन,’ उनले थपे ।

आफ्नो पार्टी एमालेको तर्फबाट भने एमसीसीका बारेमा उनले धारणा खुलस्त पार्न सकेनन् । उनले भने, ‘एमसीसी लगायतका मुद्दामा नेकपा एमालेले राष्ट्र र जनताको हितमा निर्णय लिने छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा