प्रहरीले कल बाइपासमा संलग्न भएको आरोपमा नयाँ बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीले सोमबार राति नयाँ बानेश्वरको एक ठाउँबाट प्रहरीले चिनियाँ नागरिक पक्राउ गरेको हो।केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली त्यहाँ पुगेको थियो।
पक्राउ परेका चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।
‘कल बाइपासमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो, यसबारे अनुसन्धान भइरहेको छ,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भने।
पक्राउ परेकाहरूबाट प्रहरीले कल बाइपासमा प्रयोग हुने उपकरणहरू बरामद गरेको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।