नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले आफ्नो पार्टी कुनै पनि बेला सरकारबाट बाहिरिन सक्ने बताएकाछन् । एमसीसी संसदमा टेवल भएपछी सत्ता गठबन्धनमा खटपट भएको छ ।
प्रचण्ड र माधव नेपालको पार्टीले संसदमा मतदान नगर्ने निर्णए गरे संगै सत्ता गठबन्धन टुट्ने संकेत देखिएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरूङले यस्तो माओवादीले जतिबेलै सरकार छोड्न सक्ने बताएका हुन् ।
‘सरकारबाट हट्नुपर्छ भन्ने पार्टीले नीतिगत रुपमा निर्णय गरिसकेको विषय हो,’ उनले भने ,‘कुन दिन हट्ने भन्ने कुरा हो । यसका विषयमा पार्टीले छिट्टै निर्णय गर्छ ।’ नेता गुरुङले यथास्थितिमा एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय भइसकेकाले चाँडै नै यसको निर्णयमा पुगिने बताएका हुन् ।
एमसीसी संसदमा टेवल भएसंगै सत्ता गठबन्धनमा तरंग उत्पन्न भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।