कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूलाई भेटिरहेका छन्। सोमबार दिउँसो उनले जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्।
अहिले प्रचण्डसँग भेटिरहनुभएको छ। यसपछि माधवकुमार नेपालसँग भेट्नुहुन्छ,’ पौडेलका स्वकीय सचिव चिरन्जीवी पौडेलले भने। नेताहरूसँगको भेटमा पौडेलले संसदमा आइतबार टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्नुपर्ने र गठबन्धन टुट्न नहुने कुरा बताइरहेका छन्।
सरकारमा रहेका कांग्रेसबाहेकका दल एमसिसीबारे विभाजित छन्। माओवादी केन्द्रका केही सांसदहरूले आइतबार एमसिसी संसदमा टेबल हुँदा उभिएर विरोध जनाएका थिए भने नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नाराबाजी गरेका थिए।
जनता समाजवादी पार्टीमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले एमसिसीको खुलेर समर्थन गरेका छन् भने अध्यक्ष उपेन्द्र यादवले यस विषयमा मौन छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।