नेकपा एमालेले सांसद भीम रावललाई संसदमा बोल्न दिएकोप्रति आपत्ति जनाएको छ ।
एमालेले संसदमा अवरोध गरिरहेका बेला रावल संसदमा एमसीसीको विपक्षमा बोलेका थिए । उनले राष्ट्र हितविपरीत टेबल गर्नु आपत्तिजनक रहेको उल्लेख गरेका थिए ।
एमालेले दलीय सहमतिबिना सांसद रावललाई संसदमा बोल्न दिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटासमक्ष आपत्ति जनाएको हो ।
प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले त्यसमा आपत्ति जनाएका छौं ।
सभामुखको ध्यानाकर्षण गराएका छौं । एमालेको तर्फबाट निर्वाचित सांसदलाई दलीय सहमति नभइकन दलीय सहमति बेगर तपाईले बोल्न दिने कुरा दलीय व्यवस्था छ । यसविरुद्ध नउत्रिनुस भनेका छौं ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।