शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

संसदमा पेस हुने भयो एमसीसी, कार्यसूचीको तेस्रो नम्बरमा


  • आइतबार, फाल्गुन ८ २०७८
10.3K
SHARES

फाईल तस्बिर

निकै विवादित एमसीसी सम्झौता प्रतिनिधिसभामा पेस हुने भएको छ । केहबेरपछि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्न लागिएको हो ।

प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।

अमेरिकी सहयोग परियोजना ९एमसीसी०सम्झौता आज संसद्मा टेबल हुने भएको छ । आइतबार बिहान बालुवाटारमा बसेको पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एमसीसी संसद्मा टेबल गर्ने सहमति जुटेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी आज संसद् बैठकमा टेबल हुने बताएका थिए ।

“आज एमसीसी परियोजना सार्वभौम संसद्मा टेबुल हुन्छ । त्यसपछि सडकमा होइन, संसद्बाट निष्कर्षमा पुग्छ,” उनले भने ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा