शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

हामीलाई गठबन्धन बैठकमा बोलाउनै छाडे : चित्रबहादुर केसी


  • आइतबार, फाल्गुन ८ २०७८
10.4K
SHARES

फाईल तस्बिर

पाँच दलीय सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले पार्टीलाई बैठकमा बोलाउन छाडिएको गुनासो गरेको छ।

एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको अध्यक्ष चित्रबहादुर केसीले बताएका छन्।

‘एमसीसीको मुद्दा आएपछि विरोधमा उत्रिन्छ भनेर गठबन्धन बैठकमा हामीलाई बोलाउनै छाडे,’ केसीले भने, ‘हामी पनि बैठकमा जानुभन्दा सडकमै जानु उचित ठानेका छौँ ।’

केसी एमसीसीको विपक्षमा छन् । उनको पार्टी एमसीसीको विरोधमा सडकमै आन्दोलन गरिरहेको छ । गठबन्धनका शीर्ष नेताले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव सदनमा पेस गर्ने आइतबार सहमति गरेका छन् ।

सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको गठबन्धनको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि प्रस्ताव संसद बैठकमा पेस गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई सहभागी थिए ।

अमेरिकाले १६ फागुनभित्र एमसीसी सम्झौता सदनबाट अनुमोदन गराइसक्न समयसीमा दिएको छ । गठबन्धनभित्र मतभेद देखिँदा संसद बैठकमा पेस हुन सकेको थिएन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा