काठमाडौंको बानेश्वरमा प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहराले हानेको छ।
आइतबार १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले एमसिसी टेबल गर्न लागेको छ। त्यसैको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहराले हानेको हो।
यस्तै प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुंगा हानेका छन्। आइतबार बिहान बसेको गठबन्धनको बैठकले प्रतिनिधि सभामा एमसिसी टेबल गर्ने निर्णय गरेको थियो। प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरूद्ध जारी राख्ने जनाएको छ।
प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेका छन् । त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ । एमसीसी संसदमा टेबुल गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।