शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमसीसी टेबल गर्छु भन्नु नेपालराष्ट्र र जनतामाथिको घात हो : झलनाथ खनाल


  • आइतबार, फाल्गुन ८ २०७८
9.5K
SHARES

फाईल तस्बिर

सत्ता गठबन्धनले एससीसी टेबुल गर्ने निर्णय बाहिरिए सँगै एकीकृत समाजवादीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झालनाथ खनालले आपत्ति जनाएका छन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति प्रकट गरेका छन् ।
उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए ।

‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? संसद त चल्दैन कहाँबाट टेबल हुन्छ ?’ खनालले , ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन । हामी त्यसमा सहमत छैनौं । यस्ता खालका सहमतिहरु न संसदमा लानुपर्ने आवश्यक छ, न संसद खुल्ला छ ? यस्तो बेला टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात हो ।’

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूबीच आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीसम्झौता टेबल गर्ने सहमति जुटेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा