शनिबार, साउन ३० २०८३
ताजा अपडेट

आज एमसीसी टेबल हुने, बानेश्वर–माइतीघरको सुरक्षा कडा


  • आइतबार, फाल्गुन ८ २०७८
9K
SHARES

फाइल तस्विर

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूबीच आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता टेबल गर्ने सहमति जुटेको छ ।

सोही विषयलाई लिएर प्रदर्शन हुन सक्ने भन्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

काठमाडौंका सडकमा आज मात्रै दुई हजार बढी प्रहरी परिचालन गरिएको छ । नयाँ बानेश्वर, बबरमहल, माइतीघरमा सुरक्षाकर्मी बढी खटाइएका छन् । नयाँ बानेश्वर क्षेत्रमा मात्रै एक हजारको संख्यामा प्रहरी खटाउने तयारी छ ।

आज एमसीसीको विरोधमा विभिन्न संघ–संगठनहरूले प्रदर्शन गर्ने तयारी गरेका छन् ।

गएको बुधबार र शुक्रबार पनि सत्तासाझेदार दलकै कतिपय नेता–कार्यकर्ता एमसीसीविरुद्ध सडकमा उत्रिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा