शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमसीसी टेबल गर्न नदिए देउवाको सभामुख हटाउनेदेखि मन्त्री बर्खास्त गर्नेसम्मको तयारी


  • आइतबार, फाल्गुन ८ २०७८
9.9K
SHARES

प्रधानमन्त्री शेरबहादुर देउवा / पूर्व प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गर्न नदिए सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सँग सबन्ध तोड्ने रणनीतिमा रहेको स्रोत बताउँछ । सत्ता साझेदार दल समाजवादी र माओवादी एमसीसी अहिलेकै अवस्थामा पास गर्न नहुने बताइरहेका बेला काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसी हर हालतमा टेबल गराउने मनसायमा रहेका छन् ।

सत्ता गठबन्धनमा सहमति नजुटे प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन भत्काउने मनस्थिती बनाएका छन् । साथै उनले माओवादी केन्द्रका सभामुख अग्नि सापकोटालाई हटाउनेसम्मको तयारी गरेका छन् ।

आइतबारको सत्ता गठबन्धनको बैठकलाई देउवाले निर्णायक भनेका छन् । अनि माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको सत्ता सहयात्रामा पूर्णविराम लगाउने निर्णयमा पनि देउवा पुगेका छन् ।

यस्तै एमसीसी टेबल गर्न तयार नभए माओवादी केन्द्रका सबै मन्त्रीलाई तत्काल बर्खास्त गरेर सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारीमा बालुवाटार छ ।

‘एमसीसी टेबल गर्न सहमति नभए माओवादीकै मन्त्री बर्खास्त गर्ने, सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने अवस्था आउन सक्छ,’ बालुवाटार स्रोतले  भन्यो, ‘माओवादीको ढुलमुले पारा अब चल्दैन । तत्कालै निर्णायक तहमा वार्ता टुंग्याएर एमसीसी आज जसरी पनि टेबल गरिन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा