नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने बताएका छन् ।
शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताए ।
तर यो विषयमा अब टुंगो गर्नुपर्ने भन्दै उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन ।’
उनले अघि भने, कुराकानी पनि नमिल्ने, गठबनधन पनि चलिराख्ने भन्ने हुँदैन ।’
उनले एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव स्वीकार्य नहुने बताए । भन्छन्, ‘यो अहिले राष्ट्रघाति हो भने चुनावपछि पनि राष्ट्रघाति हुन्छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।