नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीका विषयमा सरकारमा रहेका दलहरूले एउटै धारणा बनाएपछि मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् ।
सरकारमा रहेका दलहरुले एमसीसीबारे समान धारणा बनाउन आवश्यक रहेको भन्दै उनले थपे, ‘एमसीसीमा एमालेको कुनै धारणा छैन् । किनभने उहाँहरूले गठबन्धनबाट केही निर्णय नै गर्नुभएको छैन् ।’
एमसीसी संसदमा टेबुल गर्ने प्रयासमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार साँझ एमाले अध्यक्ष केपी ओलीसंग भेटेका थिए । उक्त भेटपछि एमालेले कुनै धारणा बनायो कि ? भन्ने प्रश्नमा नेम्वाङले पहिले सत्तागठबन्धनले नै समान धारणा बनाउन आवश्यक रहेको बताएका हुन् ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता पेस गर्ने सरकारको तयारी छ । तर, सत्तारुढ दलहरूका बीचमा सहमति भने जुटिसकेको छैन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।