नेपाली काँग्रेस महामन्त्री गगन थापाले एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताएका छन्। विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन कार्यक्रममा उनले प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी नभएको बताए ।
महामन्त्री थापाले भने, ‘काँग्रेस आफूलाई एमसीसी पास गर्ने कुराका अडिग छ । सत्तामा हुँदा एउटा र प्रतिपक्षीमा हुँदा अर्को कुरा गर्दैन ।’
थापाले आफूलाई ठीक लागेको विषयमा काँग्रेस सँधै एउटै अडानमा रहने बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरे ।
महामन्त्री थापाले भने, ‘बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन काँग्रेस । काँग्रेस सबै कुराको हेक्का राखेर आफ्नो अडानमा उभिन्छ ।’
केही समय अघि एमसीसी पास गर्ने सर्तमा माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको पत्र बाहिरिएको थियो । अहिले माओवादी संसदीय दलले एमसीसी जस्ताको तस्तै पास नगर्ने बरु सरकारबाट बाहिरिने निर्णय गरिसको अवस्थालाई लक्षित गर्दै गगनले कटाक्ष गरेका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।