शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमसीसीबारे झलनाथ खनालले भने : असहमति हुँदाहुँदै जबरजस्ती गर्नुहुन्न


  • बुधबार, फाल्गुन ४ २०७८
12.4K
SHARES

फाईल तस्बिर

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दलहरुबीच सहमति नहुँदा नहुँदै अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता संसदमा टेबुल गर्न नहुने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सहमति नहुँदा नहुँदै एमसीसी सम्झौता जबर्जस्ती टेबुल गर्न नहुने बताएका हुन् ।

‘नमिलेका कुरामा जबर्जस्ती हुँदैन । कतिपय विषय वर्षौंवर्ष लगाएर सहमति हुन्छ, कतिपय विषय परिमार्जित हुन्छन्, परिस्कृत हुन्छ, बदलिन्छ अनिमात्रै सहमति हुन्छ’ नेता खनालले भने, ‘असहमतिको विषयमा बल प्रयोग गरेर हुन्छ ? धाकधम्की दिएर हुन्छ ?’

उनले एमसीसी सम्झौतामा राष्ट्रिय हित विपरीतका विषय रहेकाले संशोधन नभएसम्म संसदबाट अनुमोदन हुन नसक्ने पनि बताए । ‘यो सम्झौताभित्र गम्भीर र गम्भीरतम राष्ट्रिय हित विपरीतका कुरा छन् । त्यो कुरा नसच्चिकन ती कुरामा सुधार नभएसम्म एमसीसी पास हुन सक्दैन’ उनले भने ।

सत्तारुढ गठबन्धनमै रहेर सरकार संसदमा पेश गर्न लागेको प्रस्तावको विरोध गर्न हुन्छ भन्ने प्रश्नमा खनाल आक्रोशित देखिए । उनले भने ‘मज्जाले हुन्छ, कसले भन्यो हुँदैन भनेर मलाई सोध्नुस् । गठबन्धन पनि हुन्छ, सडकमा पनि हुन्छ, सदनमा पनि हुन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा